भोजपुरमा खरखजना सम्वन्धी कसुरमा एक युवालाई ६ महिना कैद फैसला


भोजपुर २२ फागुन
जिल्ला अदालत भोजपुरले हात हतियार खरखजना अन्तर्गत एक युवालाई ६ महिना कैद र जरीवानाको फैसला गरेको छ । अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ बासिखोराका ३१ वर्षीय प्रविन राईलाई ६ महिना कैद र १५ हजार जरीवानको फैसला गरेको हो ।

प्रहरीले राईलाई गत पौष ९ गते बाँदर र्तसाउनका लागि घरमा राखेको बन्दुक सहित पक्राउ गरेको थियो । राईलाई प्रहरी जवान सञ्जीप कुमार राईको जाहेरीले पक्राउ गरेको हो । राईलाई जिल्ला न्यायाधीस हरीश्चन्द्र इङनामको एकल इजलासले मुलुकी ऐन अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ को (२) बमोजीम ६ महिना कैद र १५ हजार रुपैंया जरीवानको फैसला गरेको होे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार