हेलिकप्टर दुर्घटना चिन्न नसकिने अवस्थामा ५ शब फेला, प्रहरीद्वारा पुष्टि


काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे ।

घटनास्थल पुगेको स्थानीय प्रहरीले ५ शव फेला पारेको प्रवक्ता सुवेदीको भनाई छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए । स्थानीयले घटनास्थलमा ६ जनाको शव फेला पारिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार