मुन्दुम पदमार्गका विषेशतालाई राष्ट्रिय चित्रकारले ‘उतारे तस्बिरमा’


भोजपुर ७ जेठ । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गका विषेशतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवद्र्धनको लागि आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारहरुले यहाँका विषेशतालाई चित्रमा उतारेका हुन् । चित्रकारहरुले यहाँको पर्यटकीय क्षेत्र, रहनसहन, कला संस्कृतिलाई आफ्नो कलाको माध्यमबाट चित्रमा उतारेका हुन् । पर्यटकीय स्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारको सहभागिता रहेको छ । कलाकारहरुले यो पदमार्गको अवलोकनको क्रममा देखिने रेडपाण्डा (हाब्रे), किराँत संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक) ऐतिहासिक धरोहरहरु तथा यहाँको स्थानीयको भेषभुषालगायतलाई चित्रमा समेटेका छन् ।
चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्याशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमासमेत स्थापित गराउने सोच रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । यहाँका कला संस्कृतिलाई संरक्षण गर्न संग्रालय बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । संग्रालयलाई अध्ययन केन्द्रको रुपमा विकास गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
“चित्रको माध्यमबाट मुन्दुम पदमार्गको मुख्य विषेशतालाई उजागर गर्न राष्ट्रिय चित्रकला कार्याशालाको आयोजना गरिएको हो”अध्यक्ष बस्नेतले भन्नुभयो, “चित्रकारहरुले यहाँको धार्मिक साँस्कृतिक तथा मुख्य पर्यटकीय क्षेत्रलाई चित्रमा उतार्नु भएको छ । यसको प्रदशर्नीले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।”


मुन्दुम पदमार्गमा रहेका विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला सँस्कतिलाई चित्रमा उतारिएको छ । तीन दिने कार्याशालामार्फत कलाकारहरुले मुन्दुम पदमार्गको प्रवद्र्धनको लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक साँस्कृति तथा किराँत सस्कृतिसँग जोडिएका मिथक, विम्बहरुलाई चित्रमा उतारेको चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो । कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाईसमेत उजागर गरिएको उहाँको भनाइ छ । मुन्दुम पदमार्गलाई समेटेर बनाइएको चित्रलाई काठमाण्डौमा प्रशदर्शी गर्ने उहाँले बताउनुभयो ।
“तीन दिने कार्याशालामार्फत यहाँका विषेशतालाई चित्रको मध्यमबाट उजागर गरिएको छ” प्रमुख बान्तावाले भन्नुभयो, “चित्रहरुमा यहाँका मुख्य धार्मिक, सांस्कृति तथा पर्यटकीय क्षेत्रलाई समेटिएको छ । यसको प्रदशर्नी पश्चात यहाँका विषेशतालाई सवै माझ पु¥याउन सहयोग पुग्नेछ ।”
तीन दिने राष्ट्रिय चित्रकला कार्याशालाको बुधबार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारादमुनी हार्ताछालीको प्रमुख आथित्यिमा समापन गरिएको छ । कार्यक्रममा बोल्दै कुलपति हार्ताम्छालीले चित्रकला कार्याशालाले मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र सांस्कृतिको संरक्षणमासमेत टेवा पुग्ने बताउनुभयो । प्रतिष्ठानले चित्रकलाको माध्यमबाट कला र सांस्कृतिको संरक्षणमा काम गरिरहेको उहाँको भनाइ छ ।
यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धन, सांस्कृति संरक्षण र हस्तकलाको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । नेपाल ललित कला प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानको पक्षमा मुख्य रुपमा काम गरिरहेको टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशालाका स‌‌योजक नभराज माङ्गपाहाङ्ग बताउनुभयो । ।
कार्याशाला टेम्केमैयुङ गाउँपालिकाको आयोजना, पर्यटन वोर्डको प्रवद्र्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शुरु गरिएको हो । कार्यक्रममा वडा नंं. ४ का वडाध्यक्ष हर्कराज राई, राजनितिक दल, स्थानीय, व्यापारी लगाएत सरोकारवालाको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार