पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात


युवराज विष्ट
भोजपुर, ३१ बैशाख ।
पौवादुङमा गाउँपालिकामा जिल्लामा नै पहिलो पटक ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात गरिएको छ । उद्यमीहरुको खोजी तथा नविनतम् व्यावसायिक धारणाको विकाससँगै उनीहरुलाई उद्यमशिल बनाउने लक्ष्यले कार्यक्रम शुरुवात गरिएको हो ।
कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको लागत साझेदारीका कार्यक्रम सञ्चालन भईरहेको छ । यो अभियान अन्तर्गत गाउँपालिका भित्रका उद्यमीहरुको खोजी तथा छनौटको गरिएको छ ।
प्रारम्भिक रुपमा माग गरिएको आवेदनको आधारमा गाउँपालिका भित्रका उत्कृष्ट ४० जना उद्यमी छनौट गरिएको दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माले जानकारी दिनुभयो । छनौटमा परेका व्यावसायिहरुलाई उद्यमशिलाता र व्यावसायिकरणको विषयमा तीन दिने तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
यो कार्यक्रम अन्तर्गत उनीहरुको व्यावासयिक योजनाको आधारमा ४० जनाबाट उत्कृष्ट २० र पुनः उत्कृष्ट १० व्यवसायिहरुको छनौट गरिने उहाँको भनाइ छ । छनौटमा परेका दश जना व्यवसायीहरुलाई नवप्रवद्र्धन गर्न रु.एक/ एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
“भोजपुर जिल्लामा नै पहिलो पटक ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुआत भएको छ” संयोजक विश्वकर्माले भन्नुभयो,“यो कार्यक्रम अन्तर्गत हामीले ४० उत्कृष्ट व्यावसायिलाई छनौट गरेका छौँ । तीन दिनको कार्यक्रम सञ्चालन गरेर उनीहरुबाट पनि उत्कृष्ट २० हुँदै उत्कृष्ट १० को छनौट गछौँ । छनौटमा परेकाहरुलाई आर्थिक सहयोग साथमा उद्यमशिलतासँगै व्यवसायिक अवधारणाको विषयमा जानकारी दिन्छौँ ।”
गाउँपालिकाका व्यावसायीहरुमा उद्यमशिलताको विकासको लागि यो कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । विभिन्न उद्यममा जोडिएका स्थानीयको खोजी गरेर उनीहरुलाई वृद्धिमुखी उद्यममा जोड दिइएको उहाँको भनाइ छ ।
“व्यवसायीहरुलाई वृद्धिमुखी उद्यममा जोड्नको लागि कार्यक्रमले सहयोग गर्नेछ” उपाध्यक्ष राईले भन्नुभयो,“यो कार्यक्रम दिर्गकालिन महत्वको रहेकाले यसले व्यावसायीहरुलाई आयआर्जनमा जोड्न टेवा पुग्ने छ ।”
यो कार्य क्रम कोशी प्रदेश सरकारको रु.४० लाख, गाउँपालिकाको रु. २० लाख र दायित्व संस्थाको रु. १५ लाख गरी रु. ७५ लाख लागतमा सञ्चालन भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिकाले लिएको कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यलाई यो कार्यक्रमले परिपूर्ती गर्न थप टेवा पु¥याउने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यहाँका स्थानीयहरु विभिन्न उद्यममा जोडिएकाले उनीहरुको खोजीसँगै व्यवसायलाई आधुनिक तथा नयाँ पद्धतीबाट आर्थिक पक्षमा समेट्न कार्यक्रमले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ ।
“नागरिकलाई उद्यमशिल बनाएर आर्थिक पक्षलाई सबल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“यहाँका नागरिकहरुले आ–आफ्नो तहबाट केहि न केहि व्यवसाय गरिरहेका छन् । उनीहरुमा वृद्धिमुखी व्यवसायिक धाराणाको विकास हुन सकेको छैन । उनीहरुलाई थप उद्यमशिल र व्यावसायिक बनाउन यो कार्यक्रमले भूमिका खेल्नेछ ।”
प्रारम्भिक चरणमा छनौटमा परेका ४० जना उद्यमीहरुलाई हौसला प्रदान गर्नको लागि सम्मानसमेत गरिएको छ । विभिन्न व्यवसायमा आवद्ध उनीहरुलाई उद्यमशिलतामा जोड्न प्रविधिमैत्री बजारीकरणसँगै व्यवसायको दिगोपनाको लागि आवश्यक ज्ञान प्रदान गरिएको दायित्व संस्थाका पौवादुङमा गाउँपालिका फिल्ड अधिकृत नारायणप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
चरणबद्ध रुपमा भईरहेको यो कार्यक्रममार्फत व्यावसायिक योजनाको आधारमा पौवादुङमाका दश उत्कृष्ट व्यावसायिकहरुको घोषणा गरिने उहाँले बताउनुभयो । यो कार्यक्रमले स्थानीयस्तरमा रोजगारी अभिबृद्धिमा सहयोग गर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार