
भोजपुर, २ चैत ।
भोजपुरमा ‘उद्यमशिल, संस्कृति,राष्ट्रको समृद्धि’ भन्ने नारासहित उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । उपभोक्तालाई खाद्य अधिकारसँगै सचेतनामूलक जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले जानकारी दिनुभयो ।

दिवसको अवसरमा बजार अनुगमनसँगै भोजपुरको जिरोपाइन्टबाट चारभञ्याङसम्म प्रभातफेरी गरिएको छ ।कार्यक्रममा प्रमुख जिल्ला नरबहादुर थापा, भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, उपभोक्ता अधिकार मञ्च भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले मन्नव्य राख्नु भएको थियो । कार्यक्रम सुरक्षा निकाय, सरकारी कार्यालय, विभिन्न संघ संस्था, उद्योगी, व्यवसायी,उपभोक्तालगायतको सहभागिता रहेको थियो ।


















