भोजपुरमा किरात प्रदेशको माग गर्दै चक्काजाम


भोजपुर ४ साउन ।भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै एक घण्टा चक्काजाम गरिएको छ । विहिवार किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरले किरात प्रदेश घोषणा गर्न माग गर्दै चक्काजाम गरेको हो । केन्द्रको कार्यक्रम अनुसार माझ किरातको भोजपुरमा चक्काजाम गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती अध्यक्ष सिर्जना राईले बताईन । चक्काजाम कार्यक्रमलाई सम्बोधन गर्दै किराया जिल्ला सचिव बिदुर राईले यायोक्खाको माग सम्बोधन नभए जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए ।

सचिव राईले आफुहरुको आन्दोलनलाई सामान्य रुपमा लिए त्यस्को महगो मुुल्य चुकाउनु पर्ने समेत चेतावनी दिएका छन । जिल्ला सदरमुकाम स्थित देउराली चौकमा गरिएको चक्काजामका कारण सयौको सख्यामा बस , ट्याक्सी लगायत सवारी साधन बिच बाटोमा रोकिएका थिए । चक्काजाम खुले पछि रोकिएका सवारी साधन आ आफनो गन्तब्य तर्फ छुटेका छ । भोजपुरमा अहिले विना अवरोध यातायातका साधन चलिरहेको ट्राफिक प्रहरी जवान बिक्रम राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार