आमा सँग विबाद हुँदा छोराले आफ्नै घरमा लगाए आगो, २५ लाख बराबरको क्षति


गाइघाट । उदयपुरको उदयपुरगढी गाउँपालिकाका एक युवाले आफ्नै घरमा आगो लगाएका छन् ।
उदयपुरगढी गाउँपालिका वडा नं ६ धप्पर बस्ने २५ वर्षीय छत्रबहादुर सार्कीले ५० वर्षीय आमा सुनमाया सार्कीसँग घरायसी विषयमा सामान्य विवाद हुँदा शुक्रबार बिहान ९ बजे घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीवाट सार्कीको दुईवटा घर, गोठ जल्दा २५ लाख बराबरको क्षति भएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । आगो लगाएर फरार भएका सार्कीको खोजी भैरहेको भट्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार