• भोजपुरको च्याङ्ग्रेमा दुई दिने निःशुल्क स्वस्थ्य शिविर सञ्चालन हुँदै

    भोजपुर, २० फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रेमा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाबासीलाई स्थानीय स्तरमामै स्वस्थ्य सेवा दिने लक्ष्यका साथ यहि फागुन २३ र २४ गते शिविरको आयोजना गरिएको हो ।। शिविर मार्फत स्त्री रोग, जनरल सर्जरी, जनरल मेडिसीयन, हाड जोर्नी तथा नशा, न...

  • रमाउँदै घर फर्किए चीनबाट उद्धार गरिएकाहरु

    काठमाडौ,२० फागुन । चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएको छ । सोमबार आएको रिपोर्टमा १ सय ७५ जनामै कोरोना भाइरस ९कोभिड९१९०को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएको हो । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड९१९ को संक्रमण नेगेटिभ देखिएको हो । १६ दिन क्वारेन्टाइन बसाइँपछि घर...

  • सभामुख सापकोटाद्वारा सरकारलाई निर्देश आएपछि

    काठमाडौ, २० फागुन । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन म...

  • गाँजामा प्रतिवन्ध नलगाउन भन्दै संसदमा दर्ता भयो विधेयक

    काठमाडौं,१९ फागुन । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सा...

  • भोजपुरमा वडा सदस्यकी श्रीमती मृत भेटिइन्

    भोजपुर,१९ फागुन । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा एक महिला मृत फेला परेकी छिन् । ६ नं वडाका वडासदस्य अर्जुन राईकी श्रीमती ४७ वर्षीय रमादेवी राई आइतबार दिउँसो घरमा झुण्डीएको अवस्थामा मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईलाई आफ्नै घरको टाडीमा झुन्डिएको अवस्थामा श्रीमानले मृतफेला पारेको प्रह...

  • शिक्षकको आन्दोलनका कारण भोजपुर क्याम्पसको पठनपाठन ठप्प

    भोजपुर, १९ फागुन । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकहरुले करार माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पसमा करार दर्वन्दी रिक्त हुँदा समेत आंशिक शिक्षकलाई करारमा लैजान वेबास्ता गरेको भन्दै शिक्षकहरुले पठनपाठन ठप्प पारेका हुन् । गत ११ गते ध्यानकर्षण पत्र बुझाएको भएपनि १६ गतेबाट भने ‘प...

  • चन्द समूहका दुई नेता पक्राउ

    भक्तपुर, १८ काठमाण्डौ । महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ । कालीकोटको रुक्सा गाउँपालिका ४ घर भइ भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ को निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ को जुँगार घर भइ मध्यपुरथिमि नगरपालिका २ बस्ने ३७ वर्षीय बुद्धिलाल पु...

  • भोजपुरको गोगनेमा ७०० जनाको निःशुल्क स्वस्थ्य परिक्षण

    भोजपुर, १८ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –८ गोगनेमा निःशुल्क स्वस्थ्य शिविर मार्फत ७०० जनाले स्वास्थ्य सेवा पाएका छन् । नोबेल मेडिकल कलेज विराटनगरको आयोजना तथा वडाको प्रायोजनमा भएको शिविरमा ४१३ महिला र २८७ पुरुषले सेवा लिएका हुन् । शिविरमा २३ जना डाक्टरहरुद्धारा फिजिसीयन, स्त्रीरोग, बालरोग, छाला रोग, मानसीक...

  • महिलाको मुद्दाबारे मुख्यमन्त्री राईको स्पष्टीकरण  केही दिनमा दूधको दूध छुटिन्छ

    विराटनगर, ७ फागुन । बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै अंश मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा राईले ...

  • भोजपुर अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रशूति सेवा पुनः सुचारु

    भोजपुर, १६ फाल्गुन । जिल्ला अस्पताल भोजपुरमा शल्यक्रियाबाट गरिने प्रशूति सेवा पुनः सञ्चालनमा आएको छ । शल्यक्रिया पर्ने विषेशज्ञ डाक्टर नहुँदा बन्द रहेको सेवा विहिबारबाट सञ्चालनमा आएको हो । अस्पतालमा एमडीजीपी डाक्टर अमितेसराज पाण्डे आएपछि सेवा सुचारु भएको अस्पतालले जनाएको छ । डाक्टर पाण्डे सहित जिल्ला अस्पताल भोजपुरकी ...