शेरधन राई विजय नजिक, करिब १ घण्टामा अन्तिम नतिजा


भोजपुर , मंसिर २३ ।

भोजपुर प्रदेश ख मा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजय नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुगेको छ ।
कुल खसेको ३० हजार ७ सय २ मतमध्ये ३० हजार २ सय १९ मत गनिसक्दा शेरधन राई १२ हजार ८ सय १५ मतले अगाडी छन् । राईले १९ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीको ६ हजार ९ सय ८२ मत छ । यो मतान्तर झण्डै तेब्बरको फरक हो । अबको करिब १ घण्टामा अन्तिम नतिजा आइसक्ने गणनामा संलग्न कर्मचारीहरुले बताएका छन् । अव ४ सय तिरासी मात्र मत गन्न बाँकी छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार