
भोजपुर,२८ कात्तिक
भोजपुरमा जनवरी देखि हाल सम्म ८५ ओटा मानव अधिकार उलङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्व समीक्षा तथा मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम कार्यक्रम मार्फत उक्त तथ्याङ्ग सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा एक वर्ष्भित्र भोजपुरमा ५ पुरुष, ३ महिला र १ बालिका गरी ९ जनाको हत्या भएको जनाइएको छ । त्यस्तै ७ महिला र १२ जना बालिका गरी १९ जना बलातकृत भएका छन् भने ५ महिला र ३ बालिका बलात्कारको प्रयास बाट पिडित भएका छन् ।
त्यसैगरी घरेलु हिंसा १२, कुटपिट ३०, हत्या प्रयास ४, घरेलु हिंशा १, बहुविवाहा २ र मानव वेचविखनका १ वटा घटना गरीे जिल्ला भर ८५ वटा घटना संकलन गरेको इन्सेक भोजपुरका प्रतिनिधी गणेश विष्टले जानकारी दिए ।
जिल्ला समनवय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले घटेका घटना र घटन् सक्ने घटनाको न्युनिकरणका लागी सबैलै एक जुट भएर लाग्नु पर्ने वताए ।
नेपाल मानव अधिकार वर्षपुस्तक (२०१९ को प्रकाशन पूर्व, सन् २०१८ मा भोजपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पुस्तक पूर्व समीक्षा र जिल्लाको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम गरिएको हो ।

















