सरकारको निर्णय प्रति छुट अस्थायी करार शिक्षक संघर्ष समिति भोजपुरद्धारा खेद प्रटक


भोजपुर, ३ मंसिर ।
भोजपुर जिल्लाका छुट अस्थायी करार शिक्षक संघर्ष समितिले सरकारले अस्थायी शिक्षकहरुको स्थायी गर्ने प्रक्रिया विभेदकारी भएको भन्दै खेद प्रटक गरेको छ । एक ज्ञापन पत्र जारी गर्दै समितिले खेद प्रकट गरेको हो । एउटै प्रक्रियाबाट नियुक्ती भएका अन्य शिक्षकहरुलाई विभेद गरेर सरकारले २०७२ साल असोज २ गते पछि नियुक्ती लिएका शिक्षकलाई स्थायी प्रक्रियामा समावेश नगराएकोले आन्दोलिन हुने अवस्था आएको समितिले जनाएको छ ।

सरकारले ७५ प्रतिशत अस्थायी शिक्षकलाई अन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गराउनको परिक्षा गर्ने तयारी गरेको छ । तर परिक्षामा असोज २ गते पछि नियुक्ती लिएकाहरुलाई परिक्षामा सहभागी हुनबाट वञ्चीत गरेको आन्दोलन गर्न वाध्य भएको छुट करार शिक्षक संघर्ष समिति भोजपुरका अध्यक्ष सुरेश राईले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार