बम प्रहार पछि भोजपुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थामा कडाई, यस्तो सुरक्षा रणनिति ..


भोजपुर, २९ कात्तिक ।
पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडिमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ ।

मंगलवार विहान जिल्ला प्रहरी कार्यालय भोजपुरमा भएको छलफलपछि राजनैतिक दलको कार्यक्रम र उमेदवारको सुरक्षालाई थप कडाइ गर्ने निर्णय भएको हो । सुरक्षाको विषयलाई लिएरु जिल्लास्थित राजनैतिक दल, उम्मेदवार र सुरक्षा निकायबीच छलफल भएको थियो।

जिल्ला सुरक्षा समिति,उम्मेदवार र राजनैतिक दलहरुसंग छलफल गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रसासनले जनाएको छ ।

उमेद्धवारको सुरक्षालाई ध्यानमा राख्दै हाल शेरधन राईसँग मात्र अङ्गरक्षक रहेकोमा थप पाँच जना उम्मेदवारलाई पनि अङ्गरक्षक उपलब्ध गराइएको छ । वाम गठबन्धनका उम्मेदवार प्रदेश सभा (क) का राजेन्द्रकुमार राई र प्रतिनिधि सभाका उम्मेदवार सुदन किराँतीलाई अंरक्षक पठाइएको छ ।

यसै गरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रदेश सभा (क) का अजम्बर राई काङमाङ, प्रदेश सभा (ख)का उमेदवार गोविन्द बहादुर कार्की र प्रतिनिधि सभाका उेम्मेदवार उमेशजंग रायमाझिलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताए । आवश्यक परे समन्वय गरेर अन्य अङ्गरक्षक थप गर्न सकिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार