प्रदेश १ सरकारले ल्यायो, यस्तो छ वजेट !


भोजपुर, २९ चैत्र ।
प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४/  ७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत गरेका हुन् ।

२०७५ सालको बैशाखदेखि असार मशान्तसम्मका लागि प्रदेश सरकारले चालुतर्फ ५४ करोड ३८ लाख र पूँजीगततर्फ ४७ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा गरिवका लागि परिचयपत्रको आधारमा खाद्यान्न उपलब्ध गराइने, शहीद परिवारलाई सीप सिकाउने लगायतका कार्यक्रम समावेश छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार