शेरधन राई लक्षित बम आक्रमन प्रति एमालेको आपत्ती, सरकारले आवश्यक सुरक्षा उपलब्ध नगराएको आरोप


काठमाडौं २२ कात्तिक।

             भोजपुर(ख) का उमेद्धवार शेरधन राईलाई लक्षित गर्दै आज विहान भएको वम प्रहार  प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति प्रकाशित गरेर आक्रमणको घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको बताएका हुन् । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमण सिंगो एमालेमाथिको आक्रमण भएको ओलीको आरोप छ ।

घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने किसिमको भएको एमालेको निस्कर्ष छ । एमालेले सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत समेत गराएको छ ।

एमालेको माग अनुसार संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराएको आरोप पनि ओलीले लगाएका छन् । सरकारको उदासिनताले गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना भएको भन्दै एमालेले सरकारलाई गम्भिरता देखाउन आग्रह गरेको छ ।

आक्रमणका घटना रोक्न र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न एमालेले सरकारसँग माग पनि गरेको छ । उसले घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न माग समेत गरेको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार