वाम गठवन्धनद्धारा चुनावी कार्यक्रम सार्वजनिक


 भोजपुर, ८ कात्तिक

 आगामी मंसीर १० मा हुन लागेको प्रदेश  र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भोजपुर जिल्लामा सञ्चालन हुने गतिविधिको विषयमा बाम गठवन्धनले  वुधवार पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ ।

प्रेश विजप्ती जारी गर्दै गठवन्धनले ‘सामाजिक एकता र आर्थिक समृदिको आधार, बाम प्रगतिशील गठवन्धनको नेतृत्वमा स्थिर र वलियो सरकार’ भन्ने मुल नाराका साथ निर्वाचनमा लागेको जनाएको छ ।

साथै व्यापक रुपमा निर्वाचनको गतिविधि सञ्चालनको लागि कार्यतालिका समेत सार्वजनिक गरेको छ । आफना उमेदवार र पार्टीलाई जिताउन तथा निर्वाचनलाई व्यवस्थित बनाउन बाम गठबन्धनले जिल्ला निर्वाचन संयोजन समिति गठन गरेको छ । पुर्व सञ्चारमन्त्री  शेरधन राईको संयोजकत्वमा, सुदन किराँती, जयन्ती राई, राजेन्द्र कुमार राई, हरीबहादुर राई लगाएत गरी १४ सदस्य समिति गठन गरेको हो ।

त्यसैगरी एमाले केन्द्रिय सदस्य जयन्ती राई संयोजक र माओवादी केन्द्रका जिल्ला सह –इन्चार्ज दिलकुमार राई सह – संयोजक रहने गरि १५ सय १७ सदस्य कमिटि गठन गरेको छ । साथै जिल्लाको संयुक्त चुनावी प्रतिवद्धता एवं घोषणा पत्रको मस्यौदा तयार गर्न ५ सदस्य समिति गठन गरेको जनाएको छ ।

गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा माओवादि केन्द्रका सुदन किराँती, प्रदेश सभा तर्फ भोजपुर (क)  बाट एमालेका राजेन्द्र कुमार राई र भोजपुर  (ख) बाट   पुर्वमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य शेरधन राईलाई उमेदवार वनाएको जनाएको छ ।

कार्यक्रममा वोल्दै पुर्वमन्त्री तथा  नेकपा एमाले पालिटव्युरो सदस्य, एंव पदेश सभा तर्फ भोजपुर (ख) का प्रत्यक्ष उमेद्धवार शेरधन राईले सवै भोजपुरवासीलाई वाम गठवन्धनलाई जिताउन आग्रह गरेका छन् । राईले दुई पार्टीहरु गठवन्धन वनाएर निर्वाचनमा लागेको अवस्थामा मतदाता तथा स्थानिय स्तरका कार्यकर्तामा रहेको दुविधा हटाउनको लागि गठवन्धनले संयुक्त चुनावी कार्यक्रम गरेर अन्योलता हटाउने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार