स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा रामप्रसादराई भोजपुरमा पहिलो


भोजपुर, ८ भदौ ।  स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा भोजपुरको रामप्रसादराई गाउँपालिका जिल्लामा पहिलो बनेको छ । संघिला ममिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार ८० दशमलव २५ अंक ल्याएर जिल्लामा पहिलो बनेको हो । मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को मुल्याङकनमा यो गाउँपालिका कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये ११ स्थान प्राप्त गर्न सफल भएको छ ।

मन्त्रालयले मुल्याङकन गरेको १० वटा क्षेत्रमा उत्कृष्टता हासिल गर्दै गाउँपालिकाका जिल्ला प्रथम हुन सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो । मन्त्रालय अन्तर्गत भएको मुल्याङकनमा गाउँपालिकाले प्रशासकीय प्रवन्धमा ८.२५, संगठन तथा प्रशासनमा ६.७५, बार्षिक बजेट तथा योजना तर्जुमा १०.५, वित्तिय एंव आर्थिक व्यवस्थामा ८.५, सेवा प्रवाहमा १३.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेसीकरण ८.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.७५ र सहकार्य र समन्वयमा ६ अंक प्राप्त गरेको प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो ।

“स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा जिल्लामा पहिलो बन्न सफल भएका छौँ” प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो,“कोशी प्रदेशमा ११ औँ स्थान हासिल गरेका छौँ । अझै पनि सुधार गर्ने ठाउँ छ । भावी दिनमा अझ प्रयास गरेर कोशी पदेशसँगै देशमा नै पहिलो बन्ने लक्ष्य छ । जिल्लाको प्रथम बन्नमा भूमिका खेल्नु हुने जनप्रनिधिहरु, कर्मचारी तथा रामप्रसादराई गाउँपालिकाबासीहरुलाई धन्यवाद दिन चाहन्छु ।”

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा जिल्लामा पहिलो र कोशी प्रदेशमा ११ औं बन्न सफल भएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । आगामी दिनमा गाउँपालिकाले सम्पादन गर्ने कार्यहरुमा प्रभावकारीता थप्दै हाल प्राप्त भएको उपलब्धिलाई निरन्तरता दिने लक्ष्यका साथ काम गर्ने अध्यक्ष राईको भनाइ छ । लिजालाई अझ व्यवस्थित गर्ने रणनितिका साथ काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । “लिजाको नतिजामा जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएका छौँ” अध्यक्ष राईले भन्नुभयो,“यसले थप हौसला मिलेको छ । भावी दिनका कामलाई अझ प्रभावकारी रुपमा अघि बढाउछौँ ।”

मुल्याङकनमा यहाँका ९ वटा स्थानीय तहरुमा पौवादुङमा गाउँपालिका ७९ अंक ल्याएर दोश्रो र टेम्केमैयुङ गाउँपालिका ७१. ५० अंक ल्याएर तेस्रो भएको छ । त्यस्तै अरुण गाउँपालिकाले ७०. ५०, साल्पासिलिछो गाउँपालिकाले ७०. २५, आमचोक गाउँपालिकाले ६७. ७५ हतुवागढी गाउँपालिकाले ६७. ५०, षडानन्द नगरपालिकाले ६६.७५ र सवै कम भोजपुर नगरपालिकाले ५२. २५ अंक मात्र प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार