भोजपुर, २ माघ ।
भोजपुर सदरमुकामबाट टेम्केमैयुङ्ग गाउँपालिका जोड्ने सडक निर्माणको काम अलपत्र भएपछि अख्तियारमा उजुरी परेको छ । भोजपुर नगरपालिकाको टक्सार हुँदै टेम्केमैयुङ, रामप्रसादराई गाउँपालिका लगाएत विभिन्न स्थानहरुलाई जोड्ने सो सडकको निर्माणको काम छाडेर ठेकदार वेपक्ता भएपछि अख्तियारमा उजुरी परेको हो ।
विगतमा ¥यापको सहयोगमा निर्णाण भएको सडक विस्तारको क्रममा लापरवाही ढंगले काम हुँदा सो क्षेत्रमा करिव १५ महिनाबाट यातयात सेवा वन्द भएको भन्दै अख्तियारमा उजुरी दिइएको हो ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति नन्दमनी राईको नेतृत्वमा अख्यिारकी आयुक्त सावित्री थापा गुरुङ्गलाई उजुरी दिइएको जनाइएको छ । उजुरीमा ठेकेदारको लापरवाही कारण ८० लाख वढीको लागतमा निर्माण भएको पहिलाको पर्खाल भत्काएकोले त्यसको क्षतिपूर्ति दिलाइनु पर्ने, काममा भइरहेको लापारवाहीको विषयमा छानमिन गरिनु पर्ने र सो सडक निर्माणको जिम्मा लिएको कम्पनीलाई कारवाहीको दायरामा ल्याउन पर्ने लगाएतका विषय वस्तु समेटिएको राईले वताए । राइले भने‘ हामीले अख्तियारमा उजुरी दिएको छौ उजुरीमा क्षतिपूर्तीसंगठेकेदारको विषयमा छानविन गरि कारवाहीको माग गरिएको छ र आयुक्तले पनि चाडै नै छानविन गर्ने वचन दिनु भएको छ । ’
जिल्ला प्रसासन कार्यालयले पनि वन्द भएको निर्माणको कामलाई सञ्चालनमा ल्याउन पहल गरिरहेको जनाएको छ । प्रसासनमा पनि ठेकेदारलाई चाडै झिकाएर काम सुचारु गरिनु पर्ने माग सहित निवेदन परेको जिल्ला प्रसासन कार्यालयको भनाई छ ।
यस अघि भएको सम्झौता अनुसार काम नभए पछि ठेकेदार देवजंग शाहीलाई प्रहरी मार्फत नै जिल्ला ल्याउनको लागि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । उनले भने‘ ठेकेदारले यस अघिको सम्झौता अनुसार काम गरेन, प्रसासनमा ठेकेदारको वारेमा उजुरी परेको छ, यस विषयमा मैले जिल्ला प्राविधिक कार्यालयलाई सोधवुझ गरिहेको छु र सहजरुपमा ठेकेदार नआएकाले मैले जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेर नै जिल्ला झिकाउन निर्देशन दिएको छु ।’ यतिको समय सम्म काम शुरु नहुनुमा ठेकेदारसंगै क–कस्को कमजोरी छ त्यसको विषयमा पनि छानविन हुन्छ। ’ गत भदौ ३१ गते जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का, उप प्रमुख अनिसा खड्का, तत्कालिन प्रमुख जिल्ला अधिकारी चेतराज वराल र स्थानिय विकास अधिकारी सीता परियार, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र पञ्जीयार, रणवम गण भोजपुरका प्रमुख प्रविनराज घिमिरे, राजनैतिक दल, नागरिक समाज, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगाएत टोलीसंग निर्माण कम्पनीका देवजंग शाहीले कात्र्तिक महिनाको ७ गतेबाट सडक निर्माणको काम शुरु गर्ने भनि लिखित निर्यणमा हस्ताक्षर गरेका थिए । तर निर्णयमा हस्ताक्षर गरेको ४ महिना लाग्दा पनि काम शुरु भएको छैन् ।
सो सडक खण्डमा एक सय २० मिटर लामो र ९ मिटर अग्लो ग्याभिन वाल लाउनु पर्नेमा भत्काएर अलपत्र अवस्थामा छाडिएकोे छ । ग्याभिन जालि लगाइएको पर्खाल भत्काएको ठाउँमा भिर बनेको छ । सम्झौता सकिदा हाल सम्ममा सो सडक खण्डमा १२ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनि एम के वाई पि ज्वाइन्ट भेन्चरले ३७ प्रतिशत कममा १२ करोड ५५ लाख ५६ हजार ७ सय मा ठेक्का पारेको थियो । कम्पनिले हाल सम्म काम गरेवापतको दुइ पटक गरेर एक करोड २९ लाख २३ हजार रकम भुक्तानी लिइसकेको छ । सम्झौता अनुसार कम्पनीले २०७४ असोज १६ गते सम्ममा काम सक्नु पर्ने सम्झौतामा छ ।