१५ हजार घुससहित सई पंजियार पक्राउ


जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक ९सई० पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो  । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थपव अनुसन्धान भइरहेको अतियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार