करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु


ओखलढुंगा । ओखलढुंगाको सिद्धीचरण नगरपालिका(२ ठुलाछाप भन्ने स्थानमा बिहीवार करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका(१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा अपरान्ह ४स्४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार