भोजपुर, २७ मंसिर ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोजपुर जिल्लामा प्रत्यक्ष तर्फ दश हजार २ सय ६० मत वदर भएको छ । यो वदर मत प्रतिशत सवै क्षेत्रलाई जोड्दा कुल खसेको मतको २२ दशमलव ८७ प्रतिशत हो ।
जसमा प्रतिनिधि सभा तर्फ आठ दशमलव तीन , प्रदेश सभा तर्फ भोजपुर (क) मा ६ दशमलव ७२ प्रतिशत र भोजपुर (ख) मा सात दशमलव ८५ प्रतिशत मत वदर भएको छ ।
प्रतिनिधि सभा तर्फ खसेको ६५ हजार आठ ९९ मत मध्ये ५ हजार ४ सय ७५, प्रदेश सभा तर्फ भोजपुर (क) मा खसेको ३४ हजार ९ सय ३८ मत मध्ये दुई हजार तीन सय ५१ र भोजपुर (ख) तर्फ खसेको ३० हजार ९ सय ७९ मध्ये २ हजार ४ सय ३४ मत वदर भएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङनामले जानकारी दिए ।
भोजपुर जिल्लामा कुल एक लाख १३ हजार सात सय ४५ मतदाता रहेकोमा ६५ हजार ८ सय ९९ मत खसेको थियो । स्थानिय तह निर्वाचनमा एक हजार ६ सय ९१ मत वदर भएको थियो । भोजपुर जिल्लाबाट प्रतिनिधि सभा तर्फ सुदन किराँती, प्रदेश सभा तर्फ भोजपुर (ख)मा शेरधन राई र भोजपुर (क) बाट राजेन्द्र कुमार राईले जित हासिल गरेका छन् । भोजपुरको सवै क्षेत्र वाम गठवन्धनले जित हासिल गरेको छ ।
प्रत्यक्षमा भन्दा समानुपातिकमा दोब्वर मत वदर
जिल्लामा समानुपातिक तर्फको वदर मत प्रत्यक्षमा भन्दा दोब्वर वदी देखिएको छ । समानुपातिकामा २० हजार ५ सय १८ मत वदर भएको हो । प्रत्यक्षमा भन्दा समानुपातिका तर्फ २५ दशमलव ८३ प्रतिशत वढी बदरमत देखिएको छ ।
प्रतिनिधि सभा तर्फ खसेको ६५ हजार ९सय ८ मत मध्ये नौ हजार १० प्रदेश सभा तर्फ भोजपुर (क) मा खसेको ३५ हजार एक सय १६ मत मध्ये ५ हजार ८ सय ५१ र भोजपुर (ख)मा तर्फ खसेको ३० हजार ७ सय ९२ मध्ये ५ हजार ६ सय ५७ मत वदर भएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङनामको भनाई छ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिका तर्फ भोजपुर जिल्लामा तीन ओटै क्षेत्रमा गरि ४८ दशमलव ७ प्रतिशत मत वदर भएको देखिएको छ ।
जसमा प्रतिनिधि सभा तर्फ १३ दशमलव ६७ प्रतिशत, प्रदेश सभा तर्फ भोजपुर क्षेत्र (क) मा १६ दशमलव ६६ प्रतिशत र भोजपुर (ख) मा १८ दशमलव ३७ प्रतिशत मत वदर भएको छ । भोजपुर जिल्लामा कुल एक लाख १३ हजार सात सय ४५ मतदाता रहेकोमा समानुपातिक तर्फ ६५ हजार ९ सय ८ मत खसेको थियो ।
समानुपातिक तर्फ पनि एमाले पहिलो
समानुपातिक निर्वाचन प्रणालीमा भोजपुरमा एमाले पहिलो भएको छ । एमालेले २५ हजार ९९ मत पाएको छ ,भने नेपाली कांग्रेसले १५ हजार ७ सय १० र नेकपा माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत पाएको छ ।
समानुपतिक तर्फ प्रदेशसभा तर्फ भोजपुर क्षेत्र (क) मा नेकपा एमालेले १२ हजार १ सय १९ ,नेपाली कांग्रेसले ७ हजार ९ सय ६० माओवादी केन्द्रले ४ हजार हजार ९ सय ३७ मत प्राप्त गरेको छ । संघीय समाजवादि फोरम नेपालले २ हजार ६३ मत प्राप्त गरेको छ भने राप्रपाले ९ सय ५१ मत ल्याएको छ ।
त्यसैगरी प्रदेश सभा सदस्य तर्फ भोजपुर (ख) मा एमालेले ११ हजार ३ सय ३१ , माओवादि केन्द्रले ६ हजार ९३ र नेपाली काङगे्रसले ५ हजार ५ सय ४४ मत ल्याएको छ । त्यस्तै संघीय समाज वादि फोरम नेपालले १ हजार २२ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकले १ सय ४० मत प्राप्त गरेको छ । प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा तर्फ दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको थियो ।