भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै


भोजपुर, १८ मंसिर । भोजपुरमा मंसिर २९ र ३० गते नेपाल तरुण दलले भेला आयोजना गरेको छ । तरुण दल भोजपुरले सोमबार पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशका तरुण दल केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेला गर्ने जानकारी दिएको हो ।
कोशी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेलामा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको प्रमुख अतिथित्यता रहने जनाइएको छ ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष तथा नेपाल तरुण दलका जिल्ला अध्यक्ष सरोज बस्नेतले भेलामा तरुण युवाहरुका हकहित, बृत्ति विकास, रोजगारी, सम्मान र सुरक्षाका सबालमा बहस हुने जानकारी दिनुभयो ।
तरुण दलका कार्यबहाक अध्यक्ष ज्योति पौडेलले कोशी प्रदेश भेलाले तरुण दलभित्र हार्दिकता, आपसी सद्भाव र भेटघाटको अवसरसमेत सिर्जना हुने बताउनुभयो ।
भोजपुर कांग्रेसका यृवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य जनक घलेले भेलाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश सदस्य तथा भोजपुर नगर प्रमुख कैलाश आले, पार्टी सचिव सफल किरात, तरुण दल केन्द्रीय सदस्य समीर मोक्तान, प्रदेश प्रतिनिधि फुर्लाक्पा शेर्पालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार