एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित


भोजपुर १६ मंसिर ।
नेकपा(एमाले) भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनबाट दुर्गा योन्जनको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा मायादेवी राई , सचिवमा सुमन प्रधान, उपसचिवहरुमा सुवास दाहाल र रेनुका भुजेलसहित ४५ सदस्यीय कमिटी चयन गरेको हो ।


नेकपा(एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रशुराम अधिकारी, केन्द्रीय सदस्य तथा भोजपुर ख इन्चार्ज हरिबहादुर राई, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भोजपुर क इन्चार्ज सुरेन्द्र उदास, प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई, कोशी प्रदेश सदस्य तथा अरुण गाउँ कमिटी इन्चार्ज, खड्ग पौडेल, प्रदेश कमिटी सदस्य तथा पौवादुङमा गाउँ कमिटी इन्चार्ज कविता राई उपस्थिति रहेको थियो ।

त्यस्तैगरी प्रदेश कमिटी सचिवालय सदस्य देवीराम चौलागाई, एमाले प्रदेश कमिटी सदस्य प्रेम कार्की, भोजपुर नगरपालिका उप्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य निर्मला शेर्पा, पूर्व मन्त्री संविधान सभा सदस्य तथा एमाले नेता कृपाशुर शेर्पा, प्रदेश लेखा आयोगका सदस्य गणेश श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, पौवादुङमा गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला उपाध्यक्ष किरण राई, एमाले जिल्ला कमिटी सचिव एक्सन राई, नेकपा एमाले प्रदेश कमिटी सामाजिक सेवा विभाग सचिव अध्यक्ष शरण राई जिल्ला कमिटी सदस्यहरुलगायत एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


हालसम्म नौ वटा स्थानीय तह मध्ये आठ वटा पालिका कमिटीको अधिवेशन सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार