भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु


भोजपुर, ९ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ८ खोक्सिकको प्रायोजन तथा साकेन्वा खेलकूद बिकास समितिको आयोजनामा साबिक वडा स्तरिय पुरुष,महिला भलिवल तथा साकेन्वा सिली प्रतियोगीता सुरु भएको हो ।

बुधवारबाट सुरुभएको खेलको उद्घाटन कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले गर्नु भएको छ । खेल क्षेत्रको विकास संगै आन्तरिक पर्यटन प्रर्वधन गर्ने उद्देश्यले वडाले चार लाख बजेट विनियोजन गरेर खेलको आयोजना गरेको रामप्रसादराई गाउँपालिका ८ का वडाध्यक्ष बाच कुमार राईले बताउनुभयो ।

खेलमा ४५ टिम पुरुष र ८ टिम महिलाको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितीय र तृतिय हुने टिमले क्रमसनगद रु ५५ हजार, ३० हजार , १५ हजार, सिल, मेडल र प्रमाणपत्र, प्राप्त गर्नेछन भने महिला तर्फ प्रथम, द्वितीय र तृतिय हुने टिमले नगद रु ३० हजार, २० हजार, १० हजार सिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै साकेन्वा सिली तर्फ प्रथम हुनेले १५ हजार र दोस्रो हुनेलाई रु ८ हजार पुरस्कार र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार