पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा


भोजपुर, १६ असोज । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राईसहितको टोलीले मंगलबार भोजपुरको बाढी प्रभावित क्षेत्रको अनुमगन गरेको छ । उदयपर र भोजपुरको सीमा क्षेत्रमा सुनकोशी नदीले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन पूर्वमुख्यमन्त्री राई अनुमगनका लागि पुग्नु भएको हो । भोजपुरको चुहारमा निर्माणाधिन मोटरेवल पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल, बाक्सीखोप झोलुङ्गे पुलको उहाँहरुले अनुमगमन गर्नुभएको छ ।

बाढीले जोगेपाथरको घारे झोलुङे पुल बगाएको छ भने बस्तीमा समेत क्षति पुर्याएको छ । यस्तै बालीमा समेत क्षति पुयाएको राज्यमन्त्री सृजना राईले जानकारी दिनुभयो । स्थानीयले लगाएको केरा तथा ड्रागन खेतीमा क्षति पुगेको उहाँको भनाइ छ । पुल बगाएको कारण उदयपुरसँग भोजपुरको आमचोक र उदयपुरको बेलका नगरपालिकाबीच आवतजावतमा कठिनाइ भएको छ ।

पूर्वमुख्यन्त्री राई पीडितहरुसँग छलफल समेत गर्नुभएको थियो । उहाँले झोलुङ्गे पुल तत्काल बन्न आवश्यक रहेको बताउँदै आफुले पनि पुल निर्माणका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले स्थानीयसँग छलफल गरी तत्काल पुल बनाउने भए आफ्नो र श्रीमतीको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । नेकपा एमालेका नेता कार्यकर्ता र स्थानीयसँग छलफल गर्दै हिजो भोजपुरको आमचोक लगायतका क्षेत्रमा भएको क्षतिबारे बुझ्न अनुगमन गरिएको पूर्वमुख्यमन्त्री राईले बताउनुभयो । सुनकोशी नदीमा आएको बाढीले उदयपुर र भोजपुरको सीमाक्षेत्रमा ठुलो क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार