अनेरास्ववियु भोजपुरको २४ औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निशान राई निर्वाचित


भोजपुर, २७ असार ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को २४ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले निशान राईको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष सन्तोष वन, सचिव शुवास नेपाल, उपसचिव खुल्ला विज्ञान राई, उपसचिव महिला कोपिला प्रधान, उपसचिव खुल्ला मनोज विश्वकर्मा र कोषाध्यक्षमा मेलिना राई सर्वसम्मत निर्वाचित भएका हुन् ।

अनेरास्वयू केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्लीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, सचिव एक्सन राई , एमाले उपसचिव तथा साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ, भोजपुर बहुमुखी क्याम्पस प्रमुख भुलानाथ राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी अध्यक्ष खड्काले पार्टी जनपक्षिय काममा जोडिदै सशक्तढंगले अघि बढेको बताउदै जन संगठनहरु पनि सकृय तबरबाट संगठन निर्माणमा जुट्नु पर्ने बताउनुभयो । खास गरेर पार्टीका कार्यकर्ताले जनताका हरेक सवालमा सकृयढंगले अघि बढनु पर्ने उहाँले धाराणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार