रामप्रसादराई गाउँपालिकाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


भोजपुर १७ असार । भोजपुरको रामप्रसादराई गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ०८१ तेश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र बैकुण्ठेमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा गाउँपालिका अध्यक्ष अध्यक्ष थाम बहादुर राईले प्रतिवेदन पेश गर्नु भयो। प्रस्तुत प्रतिबेदनमा गाउँपालिकाको यस आर्थिक बर्षमा चालुखर्च तर्फ ८०.७ प्रतिशत र पुँजीगत तर्फ ६१.६२ प्रतिशत खर्च भई ७४.३५ प्रतिशत समग्रमा बित्तीय प्रगति हासिल भएको छ।

प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्व गत आर्थिक बर्ष भन्दा १०१ प्रतिशतले बृद्धि भएको बताइएको छ । त्यस्तै बेरुजु फर्स्योटमा पनि सुधार आएको छ । राजश्व संकलनमा सघाउ पुर्याउन संघीय सरकारको खातामा समयमानै राजश्व अनलाईन दाखिला गर्न सफल भएको कुरा पनि विवरणमा उल्लेख गरिएको छ । स्थानीय स्वमूल्याङ्कनमा ८४ अङ्क प्राप्त गरी जिल्लामा प्रथम भएको र वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा ७३.५ प्रतिशत अंक सहित जिल्लामा दोस्रो भएको कुरा प्रस्तुत विवरणमा उल्लेख गरिएको छ । अध्यक्ष राई द्धारा प्रस्तुत विवरणमा समग्र शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, भेटेरिनरी, महिला, बालबालिका, अपाङ्ग लगाएत सम्पुर्ण क्षेत्रमा समेटिएको असल अभ्यासलाई बुँदागत रुपमा प्रतुत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार