भोजपुर, २२ जेठ। पौवादुङमा गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मगलबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नुभयो । गाउँपालिकाले यो अवधिसम्म गाउँपालिकामा प्राप्त सम्पूर्ण बजेटको ५५ दशमलव ४९ प्रतिशत खर्च भएको प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयो ।
कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिदै गाउँपालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताउतुभयो । स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने राईको भनाइ छ । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फ गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमाको बारेमा जानकारी गराईएको गाउँपालिका उपाध्यक्षल ज्योत्सना राईको भनाई छ ।