भोजपुर, १९ जेठ । कटुञ्जे माध्यमिक विद्यालयको पहिलो स्मारिकाको विमोचन तथा लोकार्पण गरिएको छ । विद्यालयको ६७ औँ बार्षिक उत्सवको अवसरमा कोशी प्रदेश सभा सदस्य विनोद बान्तावाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्मारिका लोकार्पण तथा विमोचन गरिएको हो ।
कार्यक्रमा बोल्दै सांसद बान्तावाले समाजको विकासको लागि शिक्षाको सुधारमा सवै पक्ष गम्भिर हुनु पर्ने बताउनुभयो । विद्यालयको शिक्षाको गुणस्तर सुधारको लागि आफ्नो कर्तव्यलाई ध्यानमा राख्दै शिक्षकहरुले जिम्मेवारी पुरा गर्नु पर्ने धाराणा राख्नुभयो ।
“पछिल्लो समयमा नेपालको शिक्षा खस्किदो अवस्थामा छ” सांसद बान्तावाले भन्नुभयो,“हुन त शिक्षाको सुधारको लागि एक पक्ष मात्र लागेर सम्भव छैन । यसमा सवैको भूमिका बराबर हुन आवश्यक छ । त्यो मध्येपनि शिक्षकहरुले आफ्नो जिम्मेवारीलाई गम्भिरता पूर्वक पुरा गर्ने हो भने पनि केहि न केहि सुधार हुन्छ । यसमा तपाई शिक्षकहरु गम्भिर बन्दिनुहोस् यो मेरो आग्रह छ । शिक्षाको सुधारको लागि म मेरो तहबाट भूमिका खेल्न प्रतिवद्ध छु । ”
विद्यालय व्यावस्थापन समिति अध्यक्ष सुधिर राईको अध्यक्षतमा भएको कार्यक्रममा आदीबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष जितपाल किरात,नेपाल सरकारका पूर्व सचिव गणेश राई, नेपाल सरकारका उप सचिव अरुण राई, पूर्व शिक्षा निर्देशक माया राईको उपस्थिति रहेको थियो ।
त्यस्तै रामप्रसादराई गाउँपालिका वडा नं १ वडाध्यक्ष जोगेन्द्र किराती, वडा नं २ का वडाध्यक्ष राजकुमार राई , वडा नं ३ का वडाध्यक्ष रामु थापा मगर, वडा नं ४ वडाध्यक्ष बाबुकुमार राई, वडा नं ५ का वडाध्यक्ष जगत चौहान, वडा नं ६ वडाध्यक्ष एकराज आचर्य, वडा नं ७ का वडाध्यक्ष मनकाजी राई वडा नं ८ का वडाध्यक्ष बाचकुमार राई लगायत शिक्षक, अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो ।