भोजपुरमा कानुन निर्माण र कार्यन्वयन सम्बन्धि अन्तरक्रिया सम्पन्न


भोजपुर ८ जेष्ठ । भोजपुरमा कानुन निर्माण र कार्यन्वयन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रदेश सरकार गठन स्थिर नबन्दा ऐन, कानुन निर्माण र कार्यन्वयनमा समस्या भएको बताउनु भएको छ । मंगलबार भोजपुरमा कोशी प्रदेश सचिवालयले आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण र निर्माण भएका कानुनको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममार्फत विष्टले यस्तो बताउनु भएको हो । त्यस्तै उहाँले स्थानीय तह र प्रदेश सरकार बीच दरिलो समन्वयको खाचो रहेकोसमेत बताउनुभयो ।

त्यस्तै उपसभामुख सिर्जना दनुवारले कानुनको कार्यन्वयनले संघियता र संविधानको प्रयोग भएको बताउनुभयो । स्थानीय तहले कानुन निर्माण गर्दा आफ्नो मौलिकता र आवश्यकतालाई ध्यान दिनुपर्ने धाराणा राख्नुभयो ।
जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख, प्रशासकीय अधिकृत, गाउँपालिकाका विद्यायन समितिका संयोजक,प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहले निर्माण गरेका कानुन तथा कानुन कार्यन्वयनको अवस्था विषयमा छलफल गरिएको छ । त्यस्तै स्थानीय तहले कानुन निर्माण गर्दा ध्यान दिनुपर्ने विषयमासमेत अन्तरक्रिया गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार