भोजपुर, २५ बैशाख । भोजपुुरमा खानेपानीको गुणस्तर परिक्षण सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । वर्षातको समय शुरु भएकाले पानीजन्य रोगबाट बचाउने लक्ष्यले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले विभिन्न खानेपानी आयोजनाका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएको हो ।
तालिममा २० जनाको सहभागिताका रहेको खानेपानी तथा सरसरफाई डिभिजन कार्यालय भोजपुरका निमित्त प्रमुख विजय यादवले जानकारी दिनुभयो । तालिम बैशाख २७ गतेसम्म सञ्चालन हुने उहाँको भनाइ छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको आर्थिक सहयोग, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोग र रामपृत संज्ञान कुसहवा मेमोरियल प्रतिष्ठान सिराहको आयोजनामा भएको तालिमको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले उद्घाटन गर्नु भएको हो ।