कोशी प्रदेश सरकारद्धारा हतुवागढीका आगलागी पीडितलाई राहत वितरण


भोजपुर ६ चैत । कोशी प्रदेश सरकारले हतुवागढीका आगलागी पीडितलाई दुई लाख रुपैँया आर्थिक सहयोग गरेको छ । गत चैत ३ गते हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रति परिवार एक लाखका दरले दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेकोे हो । पीडित परिवारको घरमै पुगेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा कोशी प्रदेश सांसद विनोद बान्तावा र सिर्जना राईको समेत उपस्थिती रहेको थियो । आगलागीमा परी पाँच बर्षीय प्रनिष कार्की, सात बर्षीया दिप्सिका कार्की र तीन बर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई छिटो र सहज तरिकाले राहात पुगोस भन्ने उद्देश्यले घरमै आएर राहत वितरण गरेको कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले बताउनुभयो । मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही सहयोग पुगोस भन्ने उद्देश्यले राहात वितरण गरिएको उहाँको भनाई छ । त्यस्तै पीडित परिवारलाई संसद विनोद बान्तावाले ब्यक्तिगत रुपमा प्रति परिवार एक बोरा चामल र तेल हस्तान्तरण गर्नु भएको छ ।

पीडित परिवारलाई तत्काललाई केही सहयोग पुगोस भन्नका लागि सहयोग गरेको उहाँले बताउनुभयो । सांसद बान्तावाले गाडी दुर्घटनामा मृत्यु भएको परिवारलाई समेत भेट्नु भएको छ । यसै अवसरमा मुख्यमन्त्री केदार कार्की प्रदेश सांसददहरु विनोद बान्तावा र सिर्जना राईले भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको अनुगमन समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार