जिल्ला जडीबुटी व्यवसाय संघ भोजपुरको अध्यक्षमा संगम राई


भोजपुर, २६ फागुन ।जिल्ला जडीबुटी व्यवसाय संघ भोजपुरको अध्यक्ष संगम राई निर्वाचित भएका छन् । सनिबार सम्पन्न दोश्रो अधिवेसनबाट राई अध्यक्ष सर्वसम्मत चयन हुनु भएको हो । त्यस्तै समितिको महासचिवमा विक्रम तामाङ, सचिव उपेन्द्र राउत, उपाध्यक्षमा रुद्रप्रसाद लुईटेल,फुर्तेन्जी शेर्पा, कोषाध्यक्ष शुक्रबहादुर तामाङसहित २४ सदस्यसमिति गठन गरिएको हो ।

अधिवेसनले जडीबुटी विज्ञमा आङबाबु शेर्पा र सल्लाहकारहरुमा मानबहादुर तामाङ,डम्बर विष्ट र अयोध्य अधिकारीलाई राखेको छ । कृषकलाई संगठित गर्दै जडीबुटी खेतीमा जागरुक गराएर उत्पादित बस्तुलाई बजारीकरणमा जोड दिन समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष संगम राईले बताउनुभयो । भोजपुरलाई जडीबुटीमा नमूना र ऐतिहासिक जिल्ला बनाउने लक्ष्यका साथ भावी दिनका काम सञ्चालन गर्ने उहाँको भनाइ छ ।

“जिल्लाको जडीबुटी खेतीको विकास र प्रर्वद्धन गर्ने लक्ष्यले हामीले जडीबुटी संघ गठन गरेका हौँ” उहाँले भन्नुभयो,“हामी एकजुट बन्दै किसानलाई क्रियाशिल गराएर जडीबुटी खेतीलाई विस्तार गर्ने सोच छ । संघले किसानलाई आईपर्ने विभिन्न समस्याको समाधानसमेत ध्यान दिनेछ ।” संघले किसानहरुको मध्यस्थ कर्ताको रुपमा काम गर्दै यहाँका बाँझो जमिनलाई सदुपयोग ल्याउन भूमिका खेल्ने अध्यक्ष राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार