भोजपुर २३ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा फागुन २४ देखि २८ गते सम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिका भित्रका नौ वटा वडाका ४४ खोप केन्द्रमा खोप लगाईने गाउँपालिकाले जनाएको छ । नौ महिनादेखी पाँच वर्षमूनिका कोहि पनि बालबालिका खोप लिनबाट बन्चित नहुन भन्नको लागि खोप अभियान सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो ।
यो अभियान अन्तरगत गाउँपालिका भित्रका एक हजार १४४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँकाले जानकारी दिनुभयो । नजिकको खोप केन्द्रमा पुगेर आफ्ना बालबालिकालाई खोप लगाउन सवै गाउँपालिकाबासीलाई अनुरोध समेत गरिएको उहाँको भनाइ छ ।