हतुवागढीमा दादुरा, रुवेला खोप अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न


भोजपुर, २२ फागुन । भोजपुरको हतुवागढी गाउँपालिकामा दादुरा,रुवेला खोप सम्वन्धि पालिका स्तरिय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि फागुन २४ गतेबाट २८ गते सञ्चालन हुने खोप अभियानलाई सफल बनाउनको लागि भईरहेका कामका विषयमा कार्यक्रममार्फत जानकारी दिइएको हो । नौ महिनादेखी पाँच वर्षमूनिका कोहि पनि बालबालिका  खोप लिनबाट बन्चित नहुन भन्नको लागि विगतमा रहेका १७ ओटा खोप केन्द्रलाई बढाएर २८ वटा बनाएको स्वास्थ्य शाखा प्रमुख जयकुमार राईले बताउनुभयो । यहाँका ९५ प्रतिशत बालबालिकामा खोप लगाउने लक्ष्य रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८९ /८०मा यहाँका ७२ दशमलव ३ प्रतिशत बालबालिकाले खोप लगाएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । ।

यो अभियान अन्गर्तग यहाँका नौ वटै वडाका ९६४ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको उहाँकाले जानकारी दिनभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले अभियानलाई सफल बनाउन सवैले भूमिका खेल्नु पर्ने बताउनुभयो । साथै उहाँले नजिकको खोप केन्द्रमा पुगेर आफ्ना बालबालिकालाई खोप लगाउन सवै गाउँपालिकाबासीलाई आग्रहसमेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार