भोजपुरमा प्रजातन्त्र दिवसमा प्रभात फेरी


भोजपुर ७ फागुन । भोजपुरमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी सहित बिभिन्न कार्यक्रम गरिएको छ । एक सय चार वर्षीय जहानिया राणाशासनविरुद्धको नेपाली जनताको आन्दोलनपछि विसं २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार भोजपुरमा पनि प्रभातफेरीका साथ बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

दिवसको अवसरमा भोजपुर सदरमुकाम स्थित जिरोपोइन्ट देखि सुरु भएको प्रभातफेरी चारभञ्ज्याङ चोक हुदैँ शहीद पार्कमा पुगेर मुलसमारोहको कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका सहभागिहरुले नारदमुनि थुलुङ र रामप्रसाद राईकोे सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रमका बत्ताहरुले शहिदको बलिदानबाट प्राप्त उपलब्धीहरुको संस्थागत बिकासका लागि सवै पक्षले दायित्व पुरा गर्नु पर्ने धारणा राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय पत्रकारलगायतको सहभागितामा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार