भोजपुर, २ माघ । पौवादुङमा गोल्ड कप र माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबारबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन हुने पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमाको उद्घाटन अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री र पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले संयुक्त रुपमा गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले प्रतियोगिता तथा माघिमेलाले यहाँको आन्तरिक बाह्य पर्यटनको विकास टेवा पु¥याउने बताउनुभयो । योसँगै प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका सहयोग पुग्ने उहाँको भनाइ छ ।
सोमबारदेखि शुरु भएको प्रथम पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा फराकिलो जितका साथ अरुण गाउँपालिका, भोजपुरले उत्कृष्ट शुरुवात गरेको छ ।
उद्घाटन खेलमा अरुण गाउँपालिकाले शहिदभूमी गाउँपालिका, धनकुटालाई ८–१ को फराकिलो अन्तरले हरायो । अरुण गाउँपालिकाका लागि रोमन भुजेलले चार गोल गर्दा श्याम मुर्मुले पनि ह्याट्रिक गरे । त्यस्तै थप एक नितेश लिम्बुले गरे । उता पराजित शहिदभूमिका लागि लवकुश राईले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा अरुण गाउँपालिकाका लागि चार गोल गरेका रोमन भुजेल म्यान अफ द म्याच घोषित भए । उनलाई कार्यक्रमकी प्रमुख अतिथी पौवादुङ्मा गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले पुरस्कृत गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम २०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ आयोजकसहित १६ टिम र महिला तर्फ आयोजकसहित आठ टिम मात्र सहभागिता जनाउन पाउने अध्यक्ष आलेको भनाइ छ ।
प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।