भोजपुरमा आत्महत्या न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम


भोजपुर , २४ भदौ । भोजपुरमा आत्महत्या न्यूनिकरणको लागि सचेतना मुलक कार्यक्रम गरिएको छ । ‘आशा बढाऔं, आत्महत्या रोकौं’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा सदरमुकाम स्थित जिरो प्वाइन्ट गेटबाट बिभिन्न प्लेकार्डसहित सुरु भएको प्रभात फेरी चारभञ्ज्याङ पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बाल्ने बक्ताहरुले पछिल्लो समय आत्महत्याका घटनाहरु विद्र्धी भएकाले यसको रोकथाममा सवै एकजुट हुनु पर्ने धारणा राखेका छन् । जिल्ला प्रहरी कार्यालयकोे तथ्यांक अनुसार भोजपुरमा आत्महत्याका घटनामा बृद्धि भएको पाईएको छ । जसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा आर्थिक बर्ष २०७७/०७८, देखि ०७९/०८० सम्म तीन आर्थिक बर्षमा एक सय ५३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले बताए ।


प्रत्येक बर्ष ५१ जनाले जनाको दरले तीन बर्षमा एक सय ५३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक लिम्बुले जानकारी दिए । पछिल्लो समय झुण्डिएर,बिष सेवन, हाम्फालेर आत्महत्या गर्ने गरेको देखिएको प्रहरी निरीक्षक लिम्बुको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दल कुमार राई, जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजाल, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, भोजपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष जय कुमार तामाङ लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, शिक्षक, बिद्यार्थी, स्थानीय, नागरिक समाज, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार