हतुवागढीमा १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइयो


भोजपुर, १६ भदौ । भोजपुर हतुवागढी गाउँपालिकामा राष्ट्रिय पस्तकालय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने नारासहित कार्यक्रम मनाइएको हो । हतुवागढी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना, हतुवागढी सार्वजनिक पुस्ताकलय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको सहकार्य तथा सगरमाथा माध्यमिक विद्यालय पुस्ताकलयको व्यवस्थापनमा  सगरमाथा माध्यमिक विद्यालयको पुस्तकलय व्यवस्थापनको विषयमा छलफल गरिएको छ । ‘पुस्तक सङग्रहमा हाम्रो भूमिका, शिक्षक विद्यार्थी अभिभावक तथा पाठकहरुको सक्रिय सहभागिता विषयमा अन्तरक्रिया तथा छलफल गरिएको हो ।

कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाले शैक्षिक सुधारको लागि योजनाबद्ध रुपमा काम गरिएको बताए । अध्यक्ष राईले विद्यार्थीहरुमा बाह्य ज्ञानको जानकारी दिनको लागि सवै विद्यालयमा कम्तीमा एक ओटा पुस्तकालय स्थापना गर्न आवश्यकता रहेको धारणा राखे । ‘हामीले गाउँपालिको शैक्षिक सुधारको योजनाबद्ध रुपमा काम गरिरहेका छौँ’अध्यक्ष राईले भने,‘विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्न सवै विद्यालयमा कम्तीमा एक ओटा पुस्तकालय स्थापना गर्नु पर्छ भन्ने हाम्रो लक्ष्य छ । पुस्तकालय स्थापनाले विद्यार्थीहरुमा पठनशैली विकास गर्न सहयोग पुग्छ ।’
सगरमाथा माध्यमिक विद्यालयमा २०४१ साल जेष्ठ २८ मा ‘सगरमाथा मावि पुस्तकालय स्थापना गरेर सञ्चालनमा रहेको छ । संघियता कार्यान्वयनमा आएपछि स्थानीय सरकारले पाएको अधिकार अनुसार गाउँपालिकाले २०७८ बैशाख १ मा ‘‘हतुवागढी सार्वजनिक पुस्तकालय तथा इश्वरमान राई अध्ययन प्रतिष्ठान’’को स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिए । गाउँपालिकाले समग्र शिक्षा क्षेत्रको विकास गर्न शैक्षिक गुणस्तर सुधार पाश्वचित्र २०७९ निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । कार्यक्रम हतुवागढी सार्वजनिक पुस्तकालय तथा इश्वरमान राई अध्ययन प्रतिष्ठानसँगकको सहकार्यमा कार्यक्रम गरिएको हो। प्रतिष्ठानका अध्यक्ष ईन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, पूर्व प्रधानाध्यक तथा समाजसेवी इश्वरमान राई, जनप्रतिनिधि,सबै विद्यालयका प्रधानध्यापक ,सगरमाथा माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी प्रतिनिधि,स्थानीय बुद्धिजीवी,व्यबसायी,कर्मचारी,सुरक्षा निकाय,संघसंस्था गरि १०० जना बढीको उपस्थिति रहेको  पुस्तकालय प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार