नागरिकलाई सहज सेवा दिन हेल्पडेक्स स्थापना गरेर काम गर्छु : उपाध्यक्ष रमादेवी राई


भोजपुर ९ जेष्ठ । नव निर्वाचित टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले नागरिकलाई सहज सेवाको पहुँच विस्तार गर्न हेल्पडेक्स स्थापना गरेर काम गर्ने बताएकी छन् । राईले सोमबार पदभार ग्रहण गर्दै यस्तो बताएकी हुन । त्यस्तै योजनाहरुको अनुगमनको विषयमा देखिएको समस्या समधान गर्न अनुगमन स्थलमै सिफारिसको व्यवस्था गर्नेसमेत गर्ने राईले बताईन् ।

राईले भनिन् ‘मैले घोषणा पत्रमा उल्लेख गरे अनुसारको प्रतिवद्धतामा पाँच वर्ष भित्रमा पुरा गर्नेछुु । हाम्रो गाउँपालिकाको ठूलो भूगोल छ । यहाँका दुर्गम भेगका नागरिकहरुलाई स्वास्थ्यमा सहज पुहँच पु¥याउन सामाजिक स्वास्थ्य ईकाइको स्थापना गरेर सेवा प्रदान गर्ने मेरो लक्ष्य छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार