सरकारविरुद्ध भोजपुरमा पनि काङ्ग्रेसको विरोध प्रदर्शन


भोजपुर, २९ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले सोमबार सरकारको विरोधमा देशभरसंगै भोजपुरमा पनि प्रदर्शन गरेको छ । सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेको हो ।

भोजपुरको जिरोपइन्ट गेट देखि चारभञ्ज्याङसम्म विरोध ¥याली निकालेको थियो । ¥याली पश्चात कोणसभालाई सम्बोधन गर्दै काङग्रेस जिल्ला सभापती नन्दमणी राईले सरकारप्रति जनताको असन्तुष्टी बढेकोले सडकमा उत्रन काँग्रेस बाध्य भएको बताए ।

¥याली पश्चात बोल्ने अधिकांस बत्ताले प्रतिपक्षका रूपमा काङग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आउँदा पनि वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको र आफुलाई अधिनायकवाद केन्द्रित गर्दै लगेको बताए । विरोध सभामा केन्द्र तथा जिल्ला स्तरका नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार