१३ विपन्न परिवारलाई जस्तापाता वितरण


भोजपुर, २२ फागुन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका –३ अन्नपूर्णले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका १३ परिवारलाई जस्ता पाता वितरण गरिएको हो ।
वडा कार्यालयको बजेटबाट पत्येक परिवारलाई औषतमा साढे तीन बन्डेलका दरले जस्तापातासंगै आवश्यक सामग्री दिएको वडा कार्यालयले जनाएको छ । स्थानीय छबे सार्की, रत्नमाया बुढाथोकी, सुजनकाजी राई, टंकबहादुर भुजेल, सीताराम अधिकारी, चन्द्रमाया अधिकारी, हिरालाल विश्वकर्मा, नरदेवी राई, दिलकुमारी राई सहित १३ परिवारलाई निःशुल्क जस्ता पाता वितरण गरेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए ।

वडाअध्यक्ष राईले भने‘ हामीले गरिव तथा विपन्न परिवारलाई छनौट गरेर रु. ५ लाख वरावरको जस्ता पाता वितरण गरेका छौ,  करिव १२ घर परिवार बाँकी छन्, तिनिहरुलाई पनि आगमी वर्ष वितरण गर्ने लक्ष्य छ ।’ वडा कार्यालयले विहिबार एक कार्यक्रमका साथ जस्तापाता वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार