भोटखोलाका टेलिफोन सेवा घाम सँगै अस्ताउँछ


संखुवासभा, २५ पुस । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा १० दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चारसेवाबाट वञ्चित हुनु परेको छ । भोटखोला गाउँपालिका २ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो ।

टेलिफोन सेवा अवरुद्ध हुदाँ १० दिन देखि सिंगो भोटखोला गाउँपालिकानै सञ्चार सेवा बाट बन्चित भएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्न भएका कारण टावरमा समस्या आउने गरेको छ । टेलिफोन अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गरे । १० दिन बित्दा समेत सरोकारवाला निकाय चासो नदेखाउदाँ सञ्चार सेवाबाट वञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताए। टेलिफोन सेवा अवरुद्ध हुदाँ भोटखोलाको हटिया, च्याम्ताङ,चेपुवा,लिङगम,छुम्सुर,रिदाक लगायता दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

माक्पालुङको टावरको कन्ट्रोलरमा खरावी आएका कारण भोटखोलाको टेलिफोन सेवा अवरुद्ध हुन पुगेको दुर सञ्चार कार्यालय खाँदबारीका प्रमुख राधारमण भट्टराईले जानकारी दिए। प्रमुख भट्टराईले भने हामीले कन्ट्रोलर धनकुटा र विराटनगरमा खोजी गर्दा अहिले सम्म पनि फेला नपरेको बताए। भोटखोलाका अवरुद्ध टेलिफोन सेवा केही दिन पछि सुचारु हुने प्रमुख भट्टराईले बताए ।

उत्तरी क्षेत्र भोटखोलाको टेलिफोन सेवा घाम सँगै अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छन्। घामसँगै झुल्कने भोटखोलाका टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेका छन् । विद्युत् विस्तार नहुदाँ नेपाल टेलिकमका मोवाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन्। जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । टेलिफोन सेवा लिन वेलुकी घाम अस्ताएपछि विहान ९ बजे सम्म पर्खनु पर्न हुन्छ । त्यति मात्र होइन कहिलेकाहिँ त दुईचार दिनसम्म पनि मौसम खराब हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार