भोजपुरको आम्तेकमा डेढ महिना देखि बेपत्ता बृद्ध मृतफेला


भोजपुर, २ मंसिर।
भोजपुर नगरपालिका ११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा एक व्यक्ति मृत फेला परेका छन् । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय दल बहादुर राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डब कुमार राजवंशीले जानकारी दिनुभयो । राईका शब आइतबार सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शबको आवश्यक प्रक्रिया पुरा पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीको भनाईछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार