डुङ्गा डुब्दा २७ जनाको मृत्यु


काठमाडौं, १९ असार । होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

सुरक्षा बलका प्रवक्ता जोसे मेजाले घटनास्थलबाट अरु ५५ जना भने जिवितै बाहिर निस्कन सफल भएको जानकारी दिनुभयो ।

डुङ्गामा ९१ जना यात्रु थिए तर डुङ्गाको क्षमता ३१ जना मात्रै बोक्ने रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार