काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आवास पुनर्निर्माणका लागि अर्थसचिव डा। राजन खनाललाई रू। १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । उनले अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा सोमवार उक्त रकम हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले आवास पुनर्निर्माणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई रू। ४ अर्ब ५० करोड प्रदान गरिसकेको छ ।
नेपाल सरकारले तोकेको मापदण्डअनुरूप घरधनीले घर पुनर्निर्माण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न यूएनडीपी तथा यूएनओप्ससँग साझेदारी गरिरहेको पनि जानकारी दिएको छ । कार्यक्रममा नेपाल सरकारले भूकम्पपश्चात्को पुनर्निर्माणमा भारत सरकारले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गरेको छ । राजदूत पुरीले साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै भारत सरकार नेपालमा भूकम्पपश्चात्को पुनर्निर्माण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको कुरा पनि दोहोे¥याए ।