आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो


१९ बैशाख। बंगालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात फानीले उग्र रुप लिएको छ । करिब २ सय किलोमिटरको वेगमा अघि बढिरहेको फानी चक्रवात मई ३ तारिखमा ओडिसा टतमा पुग्ने अनुमान गरिएको छ । शक्तिशाली चक्रवाटबाट हुने क्षति न्युनिकरणका लागि सरकारले लाखौ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।

भारतीय सञ्चार माध्यम अनुसार, बिहीबारसम्म आठ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनायकको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकले स्वास्थ्यकर्मीको बिदा रद्द गरेको छ । दुई सातासम्म स्वास्थ्यकर्मीलाई विदा नदिइने भएको छ । उनीहरूलाई आपतकालिन अवस्थाका लागि तयारी अवस्थामा राखिएको जनाएको छ ।

त्यस्तै, ओडिसामा सुरक्षाकर्मीका जहाज र हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ । यहाँका एघार जिल्ला प्रभावित हुने भएकाले जतिबेला पनि परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो।त्यस्तै, भारतको आन्ध्र प्रदेशमा भने वर्षा सुरु भएको छ । यो क्षेत्रमा एक सय ७५ देखि दुई सय किलोमिटर प्रतिघण्टाका दरले फानी चक्रवात आउने अनुमान गरिएको छ ।

क्षति न्युनिकरणका लागि एक सयभन्दा बढी रेल सेवा रद्द गरिएको छ ।फानीको आपतकालिन उद्दारका लागि आन्ध्र प्रदेशमा ४१, ओडिसामा २८ र बंगालमा पाँच टिम तैनाथ गरिएको छ।यो आँधीको प्रभाव भोलि पूर्वि नेपाल नजिक पुग्ने बताइएको छ ।

यसको नेपालमा भने खासै प्रभाव नपर्ने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, भोलि र पर्सी पूर्वी र मध्यक्षेत्रमा वर्षा हुने छ । केही स्थानमा मेघ गर्जनसहित वर्षा र हावाहुरी चल्ने जनाएको छ । आइतबारदेखि भने मौसम सफा रहने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार