सर्वेन्द्र खनालको प्रश्न – सबै बिगारेको आईजीपीले हो 


काठमाडौं, ९ वैशाख  । प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालले सबै घटनामा आफूलाई दोषारोपण गरेको गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार आयोजित पत्रकार भेटघाटमा सबैबाट आशा गरिएका व्यक्तिले काम गर्न नसकेको हो भन्ने प्रश्नमा आईजीपी खनालले प्रति प्रश्न गरे, ‘ सबै बिगारेको आईजीपीले हो ।

आईजीपी खनालले जनताले अपेक्षा गर्नु राम्रो भएको भन्दै काम गरिरहेको दावी गरे । ‘मेरो समय सकिएको छैन । बाँकी पनि छ ,’ उनले भने । काम गरिरहेको भन्दै उनले प्रहरी संगठनभित्र गैरव्यवसायिक चरित्रकालाई कारबाही र आन्तरिक सुद्धिकरणसमेत गरेको बताए ।

निर्मला हत्या प्रकरणमा केही कमजोरी भएको स्वीकार गर्दै उनले कमजोरी गर्नेलाई कारबाही गरिसकेको बताए । अहिले पनि काम भइरहेको भन्दै उनले परिणाम आउने दावी गरे ।

बम्जव प्रकरणका विषयमा पनि अहिले पनि अनुसन्धान भइरहेको भन्दै आईजीपीले प्रमाण भेट एक्सनमा जाने बताए ।

प्रहरी संगठनप्रतिको नकरात्मक धारणालाई शून्यमा झार्ने दावी समेत उनको छ । ‘मूलभूत रुपमा संगठनमा यस्तो थियो भन्ने नेगेटिभ धारणालाई न्यून मात्रै होइन जिरो बनाउन चाहन्छौ । संगठन र संगठन प्रमुखको घारणा यही हो ।’

यस्तै, अहिले नयाँनयाँ प्रविधि र शैलीबाट अपराध हुन थालेको भन्दै उनले त्यसको अनुसन्धानका लागि स्रोतसाधान प्रर्याप्त नहुँदा समस्या भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार