दुर्घटनामा दुईको मृत्यु


मोरङ, ७ बैसाख । प्रदेश १ का दुई जिल्ला मोरङ र उदयपुरमा शुक्रबार राति भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरंैचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रवार बेलुका ७ बजे आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।उदयपुरको त्रियुगा नगरपालिका–७ मा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्रयाक्टरले विपरित दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा अर्को दुर्घटना भएको छ ।

दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय कालिन्दा भण्डारीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार राति साढे ८ बजे भण्डारीको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाकोे अनुसन्धान सुरु गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार