करेन्ट लागेर २ जनाको मृत्यु


चितवन, ४ वैशाख । करेण्ट लागेर चितवनमा १ जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १५ मंगलपुरका ४० वर्षीय हेमराज गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गुरुङ चित्रवन केवल टेलिभिजनमा कार्यरत कर्मचारी रहेको जनाइएको छ। गुरुङलाई भरतपुर २६ मिलनचोकमा पोलमा काम गर्ने क्रममा मंगलबार करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ की अन्दाजी ५० वर्षीया सुकुनी रानाको मंगलबार घाँस काटन जाँदै गरेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको छ। घाँस काटनका लागि घर नजिकैको बालुवा नाल तर्ने क्रममा खोलाको पानीमा प्रवाह भएको करेन्ट लाग्दा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरीयका प्रहरी नायव निरीक्षक भरतबहादुर धामीले बताए। नजिकैको विद्युतीय पोलबाट टुटेको तार पानीमा खसेर विद्युत प्रवाह हुँदा महिलालाई करेन्ट लागेको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार