भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा १ को मृत्यु


सोलुखुम्बु, २ वैशाख । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका(४ डाँडागाउँमा आइतवार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एक युवकको मृत्यु भएको छ ।

अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईको छोरा बर्ष २० को सुमन राईले आफ्नै कोठामा रहेको भरुवा बन्दुकले आफ्नै पेटको नाईटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गोलीले लागेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गए राती साढे १ बजे बाटोमा नै मृत्यु भएको हो भने शव परिक्षणको लागि सोही अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । उक्त भरुवा बन्दुक
प्रहरीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार